विश्व स्वास्थ्य संगठनले घोषणा गर्‍यो कोरोनाको विश्व महामारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते ८:५६
विश्व स्वास्थ्य संगठनले घोषणा गर्‍यो कोरोनाको विश्व महामारी

जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो।

डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्।

कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले आफूहरूको गम्भीर चासो र चिन्ता रहेको समेत उल्लेख गरेका छन्। 

‘विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिन्छ,’  उनले भनेका छन्। 

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ। 

मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ। -एजेन्सी

प्रकाशित : २०७६ फागुन २९ गते ८:५६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI