काेराेना संक्रमण राेक्न पर्यटक भिसा ४५ दिन बन्द, सगरमाथा आरोहण रद्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते १०:३२
काेराेना संक्रमण राेक्न पर्यटक भिसा ४५ दिन बन्द, सगरमाथा आरोहण रद्द

काेराेना भाइरस (काेभिड १९)काे संक्रमणबाट जाेगिन ४५  दिनका लागि पर्यटक भिसा नदिने निर्णय भएकाे छ। बिहीबार राति बसेकाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वकाे उच्चस्चरीय समन्वय समितिले सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा आउँदो शनिबार (भाेलि) राति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे।

सरकारले यसअघि नेपाल आउन इटाली, चीन, इरान, जापान र दक्षिण कोरिया, जर्मनी, स्पेन र फ्रान्सका पर्यटकलाई भिसा दिन छाडिसकेको थियाे। सरकारले भिसा राेके पनि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय भने गरेको छैन।

अबेर राति लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित हुने भएका छन्। भिसा लिइसकेका विदेशीले भने नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाण-पत्र प्रस्तुत गर्नुपर्नेछ।

यसैबीच, कोरोना भाइरसका कारण यस मौसममा सगरमाथा आरोहण गर्ने अभियान पनि रद्द भएकाे छ। समितिकाे बुँदा नम्बर १७ मा २०२० काे बसन्त ऋतुका लागि जारी गरिएकाे पर्वताराेहण हाललाई स्थगित गरिएकाे उल्लेख छ।  

चीनले पनि यसअघि नै सगरमाथाको उत्तरी भागबाट गरिने आरोहण अभियान रद्द गर्ने घोषणा गरेको छ।

प्रकाशित : २०७६ फागुन ३० गते १०:३२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI