अमेरिकाले बनायो कोरोनाको भ्याक्सिन: पहिलो पटक ४३ वर्षिय महिलालाई दिईयो ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ४ गते ९:०२
अमेरिकाले बनायो कोरोनाको भ्याक्सिन: पहिलो पटक ४३ वर्षिय महिलालाई दिईयो ।

काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन बनाएको छ । 
वासिङटनस्थित सिएटलको काइसर पर्मारेन्टे रिसर्च इन्स्टिच्युटले चार कोरोना संक्रमितलाई च्याक्सिन परीक्षणका लागि दिएको समाचार एजेन्सी एपीले जनाएको छ । बीबीसीका अनुसार विज्ञहरुले यो भ्याक्सिनले काम गरे–नगरेको पत्ता लगाउन थुप्रै महिना लाग्न सक्छ । 

एपीका अनुसार पहिलो भ्याक्सिन सोमबार ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको छ । उनी दुई बच्चाकी आमा हुन् । भ्याक्सिन लगाएपछि उनले केही गर्नका लागि यो सबैभन्दा राम्रो अवसर रहेको पनि बताएकी छिन् । 

विश्वकै अनुसन्धानकर्ताहरु फाष्ट ट्रयाकबाट यसको अनुसन्धान गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सफलताको लागि आफ्नो देशका चिकित्सकहरूको प्रशंसा गरेका छन् ।

प्रकाशित : २०७६ चैत ४ गते ९:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI