नवलपुरमा छाेटाे दूरीका यातायात सेवा सञ्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १०:३२
नवलपुरमा छाेटाे दूरीका यातायात सेवा सञ्चालनमा

शोभा जिसि/कावासोती ,१० चैत्र
कावासाेती । सरकारले आजदेखि लामाे दुरी सवारी साधन सञ्चालनमा राेक लगाए पनि नवलपुरमा छाेटाे दुरीका सवारी साधन सञ्चालनमा रहेकाे छ । नारायणगढ- कावासाेतीका छाेटाेदुरीका सवारी साधन र निजी सवारी साधन सञ्चालनमा रहेका छन् । लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । तथापि छिटपुट मात्रमा काठमाण्डाैबाट हिडेका लामाे दुरीका सवारी साधन पनि सञ्चालन भएकाे छ ।

कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो । नवलपुरकाे कावासाेती, डण्डा, चाेरमारा, अरूणखाेला, गैडाकाेट, रजहर, प्रगतिनगर, दलदले लगायतका बजार सुनसान देखिएकाे छ । पसलहरू निकै कम खुलेका छन  भने बजारमा सर्वसाधारणकाे चाप पनि घटेकाे छ ।

प्रकाशित : २०७६ चैत १० गते १०:३२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI