हुप्सेकोटमा कोरोना बिपद ब्यवस्थापन कोष स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते २२:०१
हुप्सेकोटमा कोरोना बिपद ब्यवस्थापन कोष स्थापना

चैत्र १०/नवलपुर
कोरोना भाईरस (कोभिड 19)को रोकथामका लागि नेपाल सरकारले देश लक डाउन गर्ने निर्णय गरेकै दिन पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले कोरोना बिपद ब्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ ।


गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिका भित्र बसोबास गर्ने जनतालाई कोरोना भाईरसको संक्रमण भेटिएमा उक्त कोषबाट नै निशुल्क उपचारको ब्यवस्था गरिने गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले जानकारी दिईन । पाण्डेका अनुसार शंकास्पद बिरामिलाई गाउँपालिकाको एम्बुलेन्सले गाउँपालिकाले निर्माण गर्ने क्वारेन्टाइनमा पुर्याईनेछ र संक्रमण भेटिएमा गाउँपालिकाको खर्चमा उपचार गरिनेछ । उनका अनुसार यस अघि संचालनमा रहेको बिपद ब्यवस्थापन कोषलाई नै कोरोना बिपद ब्यवस्थापन कोषको रुपमा प्रयोग गरिनेछ ।

साथै आज बसेको कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सदस्यहरु समितिको सदस्य रहने गरि गाउँपालिका स्तरिय कोरोना बिपद ब्यवस्थापन समिती गठन गरेको छ भने सबै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरिय कोरोना बिपद ब्यवस्थापन समिती गठन गर्ने निर्णय गरेको छ ।

गाउँबासिलाई कोरोना भाईरसको सचेतना वृद्धिका लागि गाउँपालिकाको सबै वडाहरुमा तालिमप्राप्त स्वयंसेवक,स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहभागितामा सचेतना वृद्धिका कार्यक्रम गर्ने तथा पालिकाको सबै सिमाहरुमा हेल्थडेस्क निर्माण गर्ने निर्णय गरेको आजको बैठकले गाउँपालिकाको कार्यालय सङ्गै रहेको सभाहललाई क्वारेन्टाइनको रुपमा बिकाश गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : २०७६ चैत १० गते २२:०१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI