चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १०:५५
चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए 

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

प्रकाशित : २०७६ चैत ११ गते १०:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI