कोभिड-१९ बाट विश्वभर साढे ४ लाख मानिस सङ्क्रमित, यूरोपमा धेरैको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते १५:२३
कोभिड-१९ बाट विश्वभर साढे ४ लाख मानिस सङ्क्रमित, यूरोपमा धेरैको मृत्यु

यूरोपलाई केन्द्रविन्दू बनाएर फैलिइरहेको कोरोना भाइरस कोभिड-१९को सङ्क्रमणबाट स्पेनमा पनि ३४ सय ३४ जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७३८ जनाको मृत्यु भयो। मृत्यु हुनेको यो ठूलो संख्याले स्पेनलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुने विश्वकै दोस्रो मुलुक बनाएको छ। त्यहाँ विभिन्न अस्पतालहरुमा २७ हजार भन्दा बढी सङ्क्रमितको उपचार भइरहेको छ । त्यहाका उपप्रधानमन्त्रीलाई पनि सङ्क्रमण भएको पुष्टी भएको छ।

अहिलेसम्म कोरोनाले इटालीमा सबैभन्दा धेरै ७ हजार ५०३ जनाको ज्यान लिइसकेको छ। शुरुवाती दिनमा सबैभन्दा बढी प्रभावित चीनमा भने ३२ सय ८५ जनाको मृत्यु भएको थियो।

युरोपकै अर्को प्रभावित मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै २३१ जनाको मृत्यु भयो। त्यहाँ अहिलेसम्म १३ सय ३१ जनाको ज्यान गइसकेको छ ।

उता युवराज चार्ल्सलाई समेत सङ्क्रमित बनाएको भाइरसले इङ्ल्याण्डमा मात्रै ४१४ जनाको ज्यान लिइसकेको छ । वेल्स र स्कटल्याण्डमा २२-२२ जनाको मृत्यु भएको छ भने उत्तरी आयरल्याण्डमा आठ जनाले ज्यान गुमाएका छन् ।

देशव्यापी लकडाउन गरेको छिमेकी मुलुक भारतमा १२ जनाको मृत्यु भइसकेको छ भने ६०० बढी सङ्क्रमित भएका छन् । विश्वभर सङ्क्रमितको संख्या ४ लाख ६० हजार नाघेको छ ।

२० हजार भन्दा बढीको मृत्यु भएको छ । सङ्क्रमित मध्ये १ लाख १० हजार भन्दा बढी मानिसहरु उपचार पछि निको भएर घर फर्किएको जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ

प्रकाशित : २०७६ चैत १३ गते १५:२३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI