सहि सूचना दिएर नागरिकलाई सचेत बनाउन पत्रकार महासंघ नवलपुरको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १५:१०
सहि सूचना दिएर नागरिकलाई सचेत बनाउन पत्रकार महासंघ नवलपुरको आग्रह

नवलपुर । कोरोना भाईरस (कोभिड १९)को संक्रमणले महामारी फैलाएको संवेदनशील समयमा सहि सूचना दिन नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले अनुरोध गरेको छ । नेपाल पत्रकार महासंघको ६५ औं स्थापना दिवसको अवसरमा महासंघ जिल्ला शाखा अध्यक्ष होमराज रानाभाटले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै विश्व नै कोरोना संक्रमणको महामारीबाट गुज्रिरहेका बेला श्रमजीवी पत्रकारहरुले बडो संवेदनशील भएर कोरोना भाईरसको सक्रमंण र यसको बारेमा आम नेपाली जनतालाई सहि सूचना दिएर जागरुप र सचेत बनाउन आग्रह गर्नु भएको छ ।

” यो संवेदनशील घडीमा सहि ,तथ्य र निष्पक्ष समाचार प्रबाह गर्नु हामी पत्रकारहरुको साझा दायित्व भएकाले सबै पत्रकार साथीहरुलाई सहि र तथ्यगत समाचार पस्केर नेपालीलाई सुसूचित बनाउन पनि आग्रह गर्दछु । यो विषम परिस्थितिको सबै मिलेर सामाना गर्नुको बिकल्प छैन र हामी सबैले कर्तव्यनिष्ठ भएर सामाजिक उत्तरदायित्व बहन हुने गरि अघि बढन महासंघको स्थापना दिबसले हामी सबैलाई हौसला प्रदान गरोस भनि शुभकामना दिन चाहान्छु ,” रानाभाट द्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यस्तो विपतको समयमा जिल्लामा रहेर अहोरात्र समाचार संकलनमा खटिनु भएका पत्रकार साथीहरूलाई आभार प्रकट गरिएको छ ।

प्रकाशित : २०७६ चैत १६ गते १५:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI