अस्पतालमा एक बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि पठाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १३:३०
अस्पतालमा एक बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि पठाइयो

काठमाडौं – कोरोना भाइरसको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ। उनलाई अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । 

कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ। 

उनको रिपोर्ट आएपछि मात्र विस्तृत रुपमा थाहा हुने अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले बताए।  

उनले भने, ‘ती व्यक्तिलाई हामीले आईसियुमा भर्ना गरेका थियौं। सायद पहिलेदेखि विभिन्न संक्रमण पनि थियो होला । अब रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।’

ती बिरामी धादिङ जिल्लाका हुन्। उनी केही दिनअघि भारतबाट नेपाल आएका थिए।

प्रकाशित : २०७६ चैत १७ गते १३:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI