सप्तरीमा दुई युवकमाथि निर्घात कुटपिट गर्ने सशस्त्रका प्रहरी जवान निलम्बित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते ८:१३
सप्तरीमा दुई युवकमाथि निर्घात कुटपिट गर्ने सशस्त्रका प्रहरी जवान निलम्बित

सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बित भएका छन्।

सप्तरीको बलान खोलामा दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरी जवान मनोज चौधरी निलम्बित भएका हुन। सशस्त्र प्रहरीले उनलाई निलम्बित गरेको हो।

अर्का प्रहरी निरीक्षक केशव थापालाई राजविराज तानिएको छ। दुई युवकमाथि जवान चौधरीले कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

घटनाबारे प्रश्न उठेपछि सशस्त्र प्रहरी बल नेपालको हल्चोकस्थित मुख्यालयले छानबिन पछि कारवाही गरेको हो। घाइते दुबै युवकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। पीडित युवाले नजिकै रहेको बजारबाट औषधी किनेर आउदा आफूहरुमाथि कुटपिट भएको बताएका छन।

प्रकाशित : २०७६ चैत १८ गते ८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI