कोरोना प्रभाव : चैते दशैंमा नवलपुर लगाएत देशैभरका शक्तिपिठहरु सुनसान

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ११:००
कोरोना प्रभाव : चैते दशैंमा  नवलपुर लगाएत देशैभरका शक्तिपिठहरु सुनसान

नवलपुर । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । दुर्गा भवानीको पूजा आराधना गरि मनाइने यो पर्व कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिएकाले विभिन्न शक्तिपीठहरु खाली छ ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ ।

नवलपुरको मौलाकालिका मन्दिर


अरूबेला चैते दसैंको दिन नवलपुरको दाउन्ने देवी , मौलाकालिका, काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाथ्यो । यसपाली भने सरकारले कोरोना संक्रमण नफैलियाेस् भनेर लकडाउन गरेकाे कारण सबै देशभरका शक्तिपीठहरु सुनसान रहेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि अघिल्लाे आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित : २०७६ चैत १९ गते ११:००

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI