शुक्रबार: यी राशिका व्यक्तिलाई हुनेछ फलिफाप, हेर्नुहोस् दैनिक राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २१ गते ७:२३
शुक्रबार: यी राशिका व्यक्तिलाई हुनेछ फलिफाप, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च बढ्न सक्छ । मनमा चञ्चलतापनि बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । बैदेशिक कार्यभने कमजोर रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ नयाँ कार्यको योजना बन्नेछ । स्वाद अनुसार खानपनि पाईनेछ । महिला मित्रबाट विशेष सहयोगको अपेक्षा गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यप्रति सजक रहनु आवस्यक छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन्। पुनर्मिलनको योग रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यप्रति सजक रहनु पर्छ। प्रेममा मतभेद बढ्नसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक यात्राको योगछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। धन प्राप्त हुनेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आत्मिक सन्तुष्टि मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। लाभदायक यात्रा रहला। 

प्रकाशित : २०७६ चैत २१ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI