कोरोना संक्रमण- बेलायती प्रधानमन्त्री जोनसोन आईसीयूमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ६:५०
कोरोना संक्रमण- बेलायती प्रधानमन्त्री जोनसोन आईसीयूमा

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन्।

बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ। प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।

‘मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँका मेडिकल टिमको सुझावको आधारमा अस्पतालको आईसीयूमा सारिएको छ’ प्रधानमन्त्री कार्यालयले रानीलाई लेखेको पत्रमा भनिएको छ ‘अहिले प्रधानमन्त्रीले उच्च स्तरको सेवा पाउनुभएको छ।’

५५ वर्षका जोनसोन स्थानीय समयअनुसार आइतबार बेलुका अस्पताल भर्ना भएका थिए। उनले परराष्ट्रमन्त्री डोमिनिक राबलाई आवश्यक परेका ठाउँमा कार्यबाहक भएर काम गर्न आग्रह पनि गरिसकेका छन्।

प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।

प्रकाशित : २०७६ चैत २५ गते ६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI