नवलपुरका गायक विष्णु पाण्डेको नयाँ गित बजारमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १०:२७

नवलपुर । नवलपुरका लोक दोहरी गायक बिष्णु पाण्डे र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला विसीको युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।

दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राखेका गायक पाण्डे प्रदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् र यस पटक भने गायक पाण्डे ले अलिक पृथक समसामयिक विषयवस्तु झल्किने ‘कृषि पेशा थाल्छु’ बोलको नयाँ लोक दोहोरी गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन्।

रमेश परियारको शब्द/संगीत रहेको ‘कृषि पेशा थाल्छु’ गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ र गित अमृता भट्टराईको प्रस्तुतिमा रहेको छ।


स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा राजु ढकाल ,टीका भट्टराई र मनोज पाण्डे ले बेजोड अभिनय गरेका छन्। साथमा गायक बिष्णु पाण्डेको भिडियोमा भएको प्रवेश पनि गजबै देखिएको छ।

प्रकाशित : २०७६ चैत २५ गते १०:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI