मध्यविन्दु नगरपालिकाको विपद व्यवस्थापन कोषमा कर्मचारीको तर्फ बाट ३ लाख ८९हजार १ सय ४९ सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १८:०८
मध्यविन्दु नगरपालिकाको विपद व्यवस्थापन कोषमा कर्मचारीको तर्फ बाट ३ लाख ८९हजार १ सय ४९ सहयोग

मध्यविन्दु नगरपालिकाका स्थापना गरिएको विपद व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारीको तर्फ बाट ३ लाख ८९ हजार १ सय ४९ रुपैया आज हस्तान्तरण गरिएको छ । मध्यविन्दु नगरपालिकाका प्रसासन शाखा प्रमुख विकास नरसिंह राणाका अनुसार कोरोना भाईरसको कारणले देशमा लक डाउनको घोषणा पश्चात नगरभित्रका विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारका लागि राहत वितरणका लागि नगरले स्थापन गरेको ५० लाखको कोषमा कर्मचारीको तर्फ बाट नगर प्रमुखलाई सो रकम हस्तान्तरण गरिएको हो ।मध्यविन्दु नगरपालिका भित्रका २०८२ अति विपन्न घरका जम्मा ८११९ जना लाई पहिलो चरणको राहत वितरण कार्य चलिरहेको छ ।

प्रकाशित : २०७६ चैत २५ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI