आजदेखि नयाँ बर्ष २०७७, आफ्नै मौलिकता छ बिक्रम संवतको

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते ८:२७
आजदेखि नयाँ बर्ष २०७७, आफ्नै मौलिकता छ बिक्रम संवतको

आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ।

नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन्। सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो।

हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवतको आरम्भ हुन्छ। यो संवतका आरम्भकर्ता विक्रामादित्य हुन्।

ज्योतिष पन्डित दीपक सुवेदी यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेको बताउँछन्।

‘आफ्नो पहिचान बोकेको संवतलाई महत्व दिइनु नेपालका लागि गौरवको विषय हो,’ ज्यो सुवेदीले भने, ‘गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ। सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत शुरु हुन्छ। त्यसकारण यो संवतबारे कुनै अन्योल पालिरहनु पर्दैन।’

प्रकाशित : २०७७ वैशाख १ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI