बाटोमा अलपत्र नागरिकलाई तत्काल गन्तव्यमा पुर्‍याईयोस : नेपाली काङ्ग्रेस गण्डकी प्रदेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते १६:३९
बाटोमा अलपत्र नागरिकलाई तत्काल गन्तव्यमा पुर्‍याईयोस : नेपाली काङ्ग्रेस गण्डकी प्रदेश

वैशाख ५ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको आज  सम्पन्न भिडियो कन्फ्रेसिङको माध्यमबाट बसेको बैठकले लक डाउनको कारणले घर पुग्न भन्दै हिडेका बाटोमा अलपत्र नागरिकलाई तत्कल गन्तव्य सम्म पुर्‍याउन सरकार सँग माग गरेको छ । काङ्ग्रेस गण्डकी प्रदेशका संसदीयदलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा बसेको बैठकले हुँदा खाने नागरिकलाई तत्काल खाद्यन्न लगायात अत्यावश्यक वस्तुको व्यवस्था गराउन आग्रह गरेको आज सम्पन्न भिडियो कन्फ्रेसिङ बैठक पछि जारी गरिएको विज्ञप्तिमा जनाईएको छ । बैठकले सरकारले कोरोना महामारी फैलिएको समयमा पनि सरकार गैरजिम्मेवार भएको आरोप लगाउदै कार्यकर्ता भर्ती गर्न भन्दै गठन गरिएको भुमिसमस्या समाधान आयोग गठनको विरोध गरेको छ । यसै गरि बैठकले कोरोना महामारी बाट उत्पन्न हुन सक्ने प्रतिकुलतालाई ध्यानमा राख्दै कम्तिमा पनि महिनालार्इ पुग्ने खाद्यन्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरूको भण्डारणको काम यथा शिघ्र सुरु गर्न सरकारको ध्यानाकर्षण गरेको नेता नेपालीले बताए । यसै गरि बैठकले सिमानाकामा थुनिएका र अलपत्र नेपाली नागरिकलाई तत्काल देश भित्रलाई ल्याई क्वारेन्टाइनमा राख्ने उचित व्यवस्था मिलाउन तथा देश भित्र परिक्षणको दायरा बढाउन पनि माग गरेको छ।

भिडियो कन्फ्रेसिङ्ग बैठक

प्रेस विज्ञप्ति

१. कोरोना (CORONA) महामारीका कारण सम्पुर्ण राष्ट्र किंकर्तव्यविमुढका साथ स्थिर छ । देशभरीका सरकारी, निजी, कार्यालयहरू, कलकारखाना, शैक्षिक संस्था, विकास निमार्ण मात्र हैन जनजिवन समेत ठप्प छ । अर्थतन्त्र र आर्थिक वृद्वि ऋणात्मकमा जान्छ भन्ने चिन्ता छ । यस सवका बाबजुद पनि सरकार, राजनितिक दलहरू र जनताको अहिले एक मात्र ध्येय, अर्जुन दृष्टि नागरिकको जिवन रक्षाको हुनु पदर्छ । तर कोरोना (CORONA) को त्रासले मुलुक लकडाउनमा रहेको बेला अत्यन्त अपारदर्शी ढङ्गले सरकारले “भुमिसमस्या समाधान आयोग” गठन गरेको सचारले हामीलार्इ स्तब्ध बनाएको छ । नेपाली कांग्रेसले सुकुम्बाशीको र अव्यवस्थित बसोबासीहरूको समस्या सम्बोधन गर्न आयोग बनाउ भनेर पटक पटक अनुरोध गर्दा पनि विगत दुर्इ बर्ष सम्म मौन रहेको सरकारले देश विपत र महामारीको चपेटमा परेको समय कार्यकर्ता भर्ती केन्द्र बनार्इ बहुमुल्य सरकारी, सार्वजनिक जमिन आफ्ना मानिसलार्इ दिने दुर्नियतका साथ यो निर्णय गरेको छ । श्रमजिवी जनतालार्इ भोकै राखेर, राष्ट्रसेवकको तलब कटाएर कोरोना (CORONA) रोकथामका लागि आर्थिक जोहो गरी रहेको सरकारले करिव सवा अरब खर्च गर्ने गरी आयोग बनाउनु संवेदनहिनता र गैर जिम्मेवारीको परकाष्टा हो । कोरोना (CORONA) र लकडाउनको कारणले उत्पन्न समस्या समाधानमा केन्द्रित नभर्इ सरकारबाट गरिएको यो कुकृत्य जति भर्त्सना गरे पनि कम हुन्छ ।
२. कोरोना (CORONA) विरूद्वको लडार्इमा हाललार्इ लकडाउन सर्वोत्तम विकल्प हो । तिन हप्ता लामो लकडाउनको अवधिमा थुप्रै श्रमिक र गरी खाने जनता देशका थुप्रै शहरमा थुनिएको स्थितिमा छन । यो अवधिमा तिनिहरूको लागि खाद्यन्न लगायत अत्यावश्यक वस्तुको व्यवस्था गर्न सरकार सम्पुर्ण रूपले चुकेको देखिन्छ । लकडाउन लम्विदै जाने स्थिती र भोकले अतालिएर मानिसहरू सा–साना बच्चाहरू सहित पैदल नै लामो यात्रा गरिरहेका दृष्य हृदय विदारक छन । लकडाउनका अवधिमा हुदाँ खाने विपन्न नागरिकको लागि बसेकै स्थानमा खाद्यन्न लगायात अत्यावश्यक वस्तुको व्यवस्था गर्न वा सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउन जोडदार माग गर्दछौ ।
३. विज्ञहरूको अनुसार भारतमा सामुहिक संक्रमणको सम्भवना व्यापक छ । त्यसो भयो भने भारत तर्फबाट नेपालमा खाद्यन्न, औषधि लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी ठप्प हुने खतरा छ । यस स्थितिलार्इ मध्यनजर गरी न्युनतम पनि छ महिनालार्इ पुग्ने खाद्यन्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरूको भण्डारण यथा शिघ्र गरियोस ।
४. र्‍यापिड डायग्नोस्टिक टेष्ट (RDT) को गुणस्तरमा थुप्रै प्रश्न उठिरहेको छ र परिक्षण पनि आवश्यक मात्रामा हुन नसकि रहेको स्थितिलार्इ मध्यनजर गर्दै सरकारले यो समस्या को यथाशिघ्र सम्बोधन गरोस ।
५. भारतिय सिमा तर्फ धेरै नेपाली नागरिकहरू खाना र उपयुक्त क्वारेन्टाइन बिना अत्यन्त दयनिय अवश्थामा रहेको सन्दर्भमा तिनिहरूलार्इ यथासिघ्र देश भित्र ल्याएर आवश्यक समय क्वारेन्टाइनमा राखि कोरोना (CORONA) परिक्षण गर्ने प्रकिया अविलम्ब थालियोस ।
लकडाउनको कठिन समयामा अनुसासित पुर्वक सामाजिक दुरीको नियम पालन गर्ने जनता, विभिन्न प्रकारका सहयोग गर्ने दाताहरू, प्रथम मोर्चामा अविचलित रूपले खटी रहनु भएका स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सम्पुर्ण प्रति सम्मान सहित हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नेपाली कांग्रेस संसदिय दल
गण्डकी प्रदेश

प्रकाशित : २०७७ वैशाख ५ गते १६:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI