तपाइको आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते ६:१८
तपाइको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पैत्रिक सम्पतीको प्रयोग मार्फत कृषि तथा पशुपालनमा लगानी गर्न सकिनेछ भने अन्य व्यावसायमा मन्दि आउँनेछ। प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ। तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईनेछ । औषधीजन्य व्यावसायबाट आम्दानी हुनेछ भने अन्य व्यापारमा घाटा लाग्नेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ,सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ः खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक उपलव्धी हासिल हुनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी विच अझ विश्वास बढेर जानेछ ।
धर्म तथा अध्यात्ममा मन जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलो सँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा हुनेछन् । स्वअध्ययनले सहपाठिहरुलाई पछी पार्दै नतिजा हात पार्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशङसा गर्दै हिड्नेछन् । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): आफन्तहरु टाडिनेछन् भने आमासँग मनमुटाव बढ्नेछ । अन्य व्यावसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्वन्धी काम गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): खाद्यन्न तथा औषधीजन्य व्यापार व्यावसायबाट लाभ लिन सकिनेछ भने अन्य व्यावसायबाट घाटा हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ । आफ्नो स्वास्थ्यमा ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ । खानेकुरा तथा औषधीजन्य व्यापार व्यावसायबाट लाभ लिन सकिनेछ भने अन्य व्यावसायबाट घाटा हुनेछ । सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ ।

प्रकाशित : २०७७ वैशाख ७ गते ६:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI