सरकारको कदम विरुद्ध सामाजिक संजाल मार्फत कालो झण्डा देखाएर विरोध सुरु गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १३:४४
सरकारको कदम विरुद्ध सामाजिक संजाल मार्फत कालो झण्डा देखाएर विरोध सुरु गरिने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार सँग सोमबार जारी गरिएको अध्यादेश फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देउवा निवासमा आज बसेको बैठकले अध्यादेशहरु संविधानको ठाडो उल्लंघन गर्दै लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध ल्याईएको ठहर गर्दै अध्यादेश फिर्ता लिन माग गरेको हो ।

सरकारले सोमबार मात्रै राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।

काँग्रेसले लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने लगायका कार्य अगाडि बनाउने शर्माले जानकारी दिए । उनले भने, ‘यतिबेला लकडाउनको अवस्था छ । जुन माध्यमबाट पनि सरकारका निर्णयको प्रतिवाद गछौँ । सामाजिक सञ्जालमा कालो झण्डा देखाउने लगायतका गतिविधि गर्छौँ । मुलत समाजिक सञ्जाल र सञ्चार माध्यमलाई प्रयोग गर्ने कुरा हो । त्यो सबै गरिन्छ । यसरी विरोधका सबैखाले उपाय अपनाउने निर्णय भएको छ ।’
सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको उनको भनाइ छ ।

बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत,  वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेल उपस्थित थिए ।

प्रकाशित : २०७७ वैशाख ९ गते १३:४४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI