भारतमा कोरोनाबाट एकै दिन ६९ को मृत्यु, १८ सय थप संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते १०:०२
भारतमा कोरोनाबाट एकै दिन ६९ को मृत्यु, १८ सय थप संक्रमित

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट भारतमा ६९ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ। त्यहाँ मंगलबार मात्रै १८ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म भारतमा सात हजार सात सय भन्दा धेरै उपचारपछि निको भएका छन्। अहिलेसम्म भारतमा सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रकाशित : २०७७ वैशाख १७ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI