बामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते ७:४४
बामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव

सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीपछि नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।

अध्यादेश विवादले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेका प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव बुधबारको नेकपा सचिवालय बैठकमा राखेका हुन। साँझ ३ घण्टा बढि चलेको बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ट नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन तयार रहेको समेत बताएका छन्।

प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले सरकारबारे गम्भीर प्रश्न उठेको बताएपछि जवाफमा ओलीले प्रधानमन्त्री नबनेकालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन।

ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। सांसदनै नरहेका व्यक्तिलाई ओलीले किन प्रधानमन्त्री बनाउँने प्रस्ताव राखे ? यो कुरा आगामी दिनमा खुल्दै जाने छ।

बैठकमा ओलीले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न सकिने र बामदेवलाई सांसद बनाई प्रधानमन्त्री बनाउन सकिने बताएका छन्। तर, उक्त कुरा कोरोना महामारी नियन्त्रणमा आइसकेपछि हुने ओलीको भनाई छ।

प्रकाशित : २०७७ वैशाख १८ गते ७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI