भारतमा कोरोना संक्रमणबाट १ हजार ३ सय ९१ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते ७:४१
भारतमा कोरोना संक्रमणबाट १ हजार ३ सय ९१ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३९७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार २०३ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ वैशाख २२ गते ७:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI