सरकारद्वारा कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १४:५१
सरकारद्वारा कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक

काठमाडौ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम घोषणा भएको एक हप्ता भित्रै मन्त्री आर्यालले यो नक्सा जारी गर्न सकेको खुशी व्यक्त गर्दै यो दिन गौरवशाली इतिहास निर्माण को दिन भएको बताउनुभयो । यो अवसरमा भूमि फिर्ताको माग गर्दै नयाँ नक्सा जारी गर्न सुझाव दिने सवै जनता, अभियान्तालाई आभार व्यक्त गर्नुभयो । नेपाली जनताको भावना मा उभिएर तथ्यको आधारमा गुमेको भूमि फिर्ता लिने उहाँले बताउनुभयो । सिँगो नेपाल र नेपालीका लागि सुखद क्षण भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा यति ठूलो जिम्मेवारी आएकोमा त्यसमा आफूले पनि भूमिका निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै अव सवै प्रशासनिक क्षेत्र देखि देशभर यही नक्सा प्रयोग हुने बताउनुभयो ।

प्रकाशित : २०७७ जेठ ७ गते १४:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI