कुखुराको खोरको छानाले च्यापिँदा गैडाकोटमा २ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते २१:०४
कुखुराको खोरको छानाले च्यापिँदा गैडाकोटमा २ जनाको मृत्यु

कुखुराको खोरको छानाले च्यापीएर गैडाकोटमा २ जनाको मृत्यु भएको छ।

आज साझ आएको हावाहुरी सहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ बर्षीय कासीराम पौडेल र ४० बर्षीय सुर्यबहादुर भण्डारी घाइते भए पछि उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ।

गैडाकोट नगरपालिका वडा नम्बर ६ नारायणी नदि नजिकै पौडेल र भण्डारी दुवैले संयुक्त रूपमा लोकल कुखुरा पाल्दै आएका थिए।

प्रकाशित : २०७७ जेठ ११ गते २१:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI