कुल जनसंख्याको २ प्रतिशतको कोरोना परिक्षण गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते ७:३१
कुल जनसंख्याको २ प्रतिशतको कोरोना परिक्षण गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संबोधन गर्दै विज्ञहरुको सुझावअनुसार त्यसो गर्न लागिएको जानकारी दिएका हुन्।

त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ। सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालकाे कूल जनसंख्या २ कराेड ९९ लाख ६६ हजार २ सय ४० रहेकाे छ।

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन्। नेपालखबरबाट

प्रकाशित : २०७७ जेठ १३ गते ७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI