नेपालमा थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते १७:०७
नेपालमा थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो
corona

नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो। 

आज थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए। 

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। 

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ।

प्रकाशित : २०७७ जेठ २१ गते १७:०७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI