पाल्पा मिसन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते १७:१०
पाल्पा मिसन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो
corona

नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। जेठ २० मा पाल्पाका एक व्यक्तिको मृत्यु भएको र उनको परीक्षणमा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

४५ वर्षीय उनी ५ दिनअघि भारतबाट आएको समेत उनले जानकारी दिए।

उनको पाल्पाको मिसन अस्पातलमा मृत्यु भएको थियो। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित : २०७७ जेठ २२ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI