पुर्वी नवलपरासीबाट शुक्रबार १ सय ९४ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते १९:५३
पुर्वी नवलपरासीबाट शुक्रबार १ सय ९४ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईयो

कावासोती । पुर्वी नवलपरासीमा भारतबाट आएर जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइन बसेका १ सय ९४ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको कावासोतीका ४१ जना , गैंडाकोटका १५ जना , मध्यबिन्दुका १ सय २२ जना र बिनयीत्रिवेणी गाउपालिकाका १६ जना गरि १ सय ९४ जनाको स्वाब संकलन गरेर पिसिआरको लागी पठाईएको हो ।

आज संकलन गरिएका स्वाब मध्ये मध्ये मध्यविन्दुको स्वाब पोखरा र अन्य स्थानीय तहको भरतपुर पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस अघिनै पुर्वी नवलपरासीबाट पठाईएको २ सय ३ जनाको स्वाब परिक्षणको नतिजा आएको छैन । स्वाब संकलन गरिएका सबै व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन ।

प्रकाशित : २०७७ जेठ २३ गते १९:५३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI