प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ८:०६
प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित भर्ना

नारायण शर्मा, कावासोती

रजहरमा रहेको नेपालकै ठुलो प्राकृतिक चिकित्सालयमा भर्ना भएका कोराना संक्रमति बिरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खुवाउन शुरु गरेको छ । 

आइतवार पुर्वी नवलपरासीका ६ जना कोराना संक्रमति बिरामी भर्ना भएका छन । प्रयोगशाला बिहिन चिकित्सालयले संसारमै कोरोनाको औषधि नबनेको अबस्थामा बिरामीको स्वास्थ्य अबस्था बिग्रन नदिन शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने शाकाहारी भोजन खुवाउन शुरु गरेको हो । 

चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलका अनुसार कोरोना संक्रमित बिरामीको रोगसंग लडने क्षमता बढाउने आहार दिन शुरु गरिएको छ। अस्पतालमै रहेको मह,कागतीपानी र तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुनाले सन्तुलित भोजनको ब्यबस्था गरिएको छ । सबै सलादमा लशुनको मात्रा बढाएर खुवाउने गरिएको छ । लशुनलाई आयुर्बेदको राजा मानिन्छ । 

चिकित्सालयका अन्य नियमित बिरामीलाई भन्दा कोरोना संक्रमति बिरामीलाई तिल, आलश,लशुन, अदुवा राखेको चटनी अनिवार्य गरिएको छ। कोरोना संक्रमित बिरामीलाई अनिवार्य ति आयुर्बेदका खाद्य बस्तु खुवाउदा बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढने र चाडो निकोहुन सघाउने डा पौडेलको दावी छ ।

दालभात, हरीयो तरकारी, उमारेका गेडागुडीमा रोगप्रतिरोधात्मक क्षमता बढि हुने भएकाले त्यसको उपभोग बढाइएको उनको भनाई छ । चिकित्सालयले आफनै अर्गानिक तरकारी र गाइवस्तु पालेर दुधको ब्यबस्था पहिलेदेखि नै गर्दै आएको छ । त्यहा करेला, मेवा, लौका,गांजरको जुश खुवाउने चलन स्थापना कालदेखि नै छ ।  ४ सय सैयाको चिकित्सालय देशकै एकमात्र सुबिधा सम्पन्न अस्पताल हो । औषधि बिहिन उपचार पद्धती अबलम्बन गरेर उपचार गरिने भएकाले यस्लाई प्राकृतिक चिकित्सालय भनिएको हो । 

आइतवार बाट नै बिरामीलाई मानशिक रुपमा ठिक राख्न संगसंगै ध्यान,योगा, भजन किर्तन र आरतिमा सहभागि गराइएको छ । नियमति योगले रोगप्रतिरोधात्कम क्षमता बढने चिकित्सकको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा कारोना संक्रमित बिरामीको संख्या बढे लगत्तै जिल्लामै रहेको प्राकृतिक चिकित्सा बिधिलाई अघि सारेको हो । 

प्रकाशित : २०७७ जेठ २६ गते ८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI