यौन सम्पर्क गर्दा माक्स लगाउन सुझाव

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २९ गते २३:१४
यौन सम्पर्क गर्दा माक्स लगाउन सुझाव

जेठ २९ । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइनलाई अपडेट गरिएको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने समेत बताएका थिए ।


हाल आएर उनीहरुले आफ्नो जोडीसंग भेट्ने र सम्भोग गर्ने क्रममा माक्स लगाउन सुझाव दिएका हुन्। यौन सम्पर्क गर्दा कोरोना भाईरस को जोखिम बढ्नसक्ने भन्दै उनीहरुले यस्तो सल्हा सुझाव दिएका हुन्।

यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,तर अनुहार छोप्नु यौन सम्पर्कको अवधिमा नाक मुख छोप्नु उचित हुने गाइडलाइनमा उल्लेख छ । यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् ।

यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ । अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार हाल सम्म यौन सम्पर्क गर्दा कोरोना भाईरस सरेको तथ्य पुस्टि नभएपनि चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको छ । एजेन्सी

प्रकाशित : २०७७ जेठ २९ गते २३:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI