कावासोतीका ३६ वर्षीय पुरुष कोरोना मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते १४:३०
कावासोतीका ३६ वर्षीय पुरुष कोरोना मुक्त

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कावासोती नगरपालिका १२ का ३६ बर्षिय पुरुष कोरोना मुक्त भएका छन् । गत जेठ १८ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि जेठ १९ गते मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको आईसोलेसनमा राखिएको थियो । उनलाई मध्यबिन्दु जिल्ला अस्पतालले स्वाब संकलन गरी परीक्षण गरिएकोमा नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकस पर्सन डा. पुस्कर पौडेलले जानकारी दिए । अस्पतालमा अब बाँकी चार कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित : २०७७ जेठ ३१ गते १४:३०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI