पश्चिम नवलपरासीमा काङ्ग्रेस विवाद छताछुल्ल : दुई गुटले बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते १७:५६
पश्चिम नवलपरासीमा काङ्ग्रेस विवाद छताछुल्ल : दुई गुटले बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र

हरि शर्मा/परासी
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद छताछुल्ल हुँदै गएको छ । दुई गुटबीच जिल्ला नेतृत्वको विषयलाई लिएर हुँदै आएको विवाद सोमबार झन छताछुल्ल भएको हो ।

कोभिड -१९ विरुद्ध सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै ध्यानआकर्षण गराउन सोमबार केन्द्रीय समितिले सबै जिल्ला समितिलाई प्रमुख जिल्ला जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार जिल्ला तहका दुई गुटका नेताहरु एउटै विषयको ज्ञापन पत्र बुझाउन छुट्टा छुट्टै जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापन पत्र बुझाएका थिए ।

जिल्लामा कार्यबहाक अध्यक्ष र जिल्ला सभापतिको विषयमा विवाद छ । जिल्लामा प्रतिनिधिसभा सदस्य एंव पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समूह र संविधानसभा सदस्य विक्रम खनाल समूहको दुई गुट छ ।

कँडेल गुटले कार्यबहाक सभापतिको अस्तित्व स्वीकार गरेको छैन भने खनाल गुटले विधान विपरीत पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिको पत्र दिएर पठाएको भन्दै जिल्ला सभापति स्वीकारेको छैन ।

जिल्ला विभाजनपछि निर्वाचित जिल्ला सभापति एंव प्रदेश ४ का सभासद् विष्णु लामिछानेले पूर्वी नवलपरासी पार्टी नेतृत्वको जिम्मेवारी लिएसँगै जिल्ला नेतृत्वको विवाद चर्किको हो । सभापति लामिछानेले कार्यबहाक को जिम्मेवारी उपसभापति अर्जुन कुमार पोखरेललाई दिएका थिए । त्यसमा कँडेल पक्षले असहमति जनाउँदै आएको थियो ।

कँडेल पक्षकै दबाबमा पार्टी सभापति देउवाले गत फागुन २२ गते विष्णु प्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारीसहितको पत्र पठाएका थिए । लगत्तै महामन्त्री कोईरालाले फागुन २८ गते पार्टी सभापति देउवाले विधान विपरीत सभापतिको पत्र दिएर पठाएको भन्दै लिखित पत्र मार्फत आपत्ति जनाएका थिए ।

महाधिवेशनको मिति तोकिसकेकाले जिल्लामा निर्वाचन प्रकृया नहुने र कार्यबहाक पोखरेलले नै जिल्ला नेतृत्व समाहाल्ने व्यहोराको पत्र महामन्त्री कोईरालाले केन्द्रीय समितिमा बुझाएपछि दुई गुटकले एक अर्काको अस्तित्व नस्विकारेका हुन् ।

जिल्ला नेतृत्वको विवादमा केन्द्रीय नेताहरुले समेतले आ–आफ्ना गुटका जिल्ला नेताहरुलाई मान्यता दिएपछि दुई गुटले छुट्टा छुट्टै जिल्ला बैठक र कार्यक्रम समेत गर्दै आएका छन् । सांसद कँडेललाई पार्टी सभापति शेरबहादुर देउवा र खनाललाई महामन्त्री शंशाक कोईरालाको आड छ ।

प्रकाशित : २०७७ असार २ गते १७:५६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI