बिहानै देखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते १४:४०
सांकेतिक तस्बिर

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। बुधबार बिहान सबा चार बजे इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ।

रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए।

पहिरो खसिरहेको कारण बाटो सफा गर्न कठिनाई भएको छ। त्यो ठाउँ अत्याधिक पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ। त्यहाँ पहिरो नियन्त्रणको काम भइरहेको छ।  बाटो बन्द भएपछि सवारी साधनहरुलाई दासढुङ्गा र मुग्लिन बजारमा रोकिएका छन्।

प्रकाशित : २०७७ असार ३ गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI