पछिल्लो २४ घण्टामा ४ सय२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ७ गते १६:३२
पछिल्लो २४ घण्टामा ४ सय२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

काठमाडौं- नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो।  आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ।  कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ असार ७ गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI