मुम्बई : अभिनेत्री राधिका आप्टेको निर्देशनमा बनेको पहिलो सर्ट फिल्म ‘द स्लिप वाकर्स’ लाई यो वर्ष अनलाइनमार्फत आयोजित पाम स्प्रिङ इन्टरनेसनल सर्ट फेस्टमा द बेस्ट मिडनाइट सर्ट अवार्डबाट पुरस्कृत गरिएको छ।
आप्टेले सोसल मिडियामा पोस्ट गरेकी छन्, ‘थ्यांकु यु !! पीएस फिल्म फेस्ट। हामी पाम स्प्रिङ फेस्टिभलमा बेस्ट मिडनाइट सर्ट अवार्ड जितेर बहुत रोमाञ्चित भएका छौं !! बेस्ट मिडनाइट नाइट अवार्डका विजेता द स्लिप वाकर्स..बधाई !’
हालै आईएएनएससँगको साक्षात्कारमा राधिकाले भनेकी थिइन्, ‘मैले यो फिल्म निर्देशन गर्दा निकै आनन्द लिएँ। म उत्साहित छु, आशा छ दर्शकले यसलाई छिट्टै हेर्न पाउनेछन्। मलाई विश्वास छ, निर्देशकका रूपमा म अझ धेरै काम गर्नेछु। सहाना गोश्वामी र गुलसन देवैया अभिनीत यो लघु फिल्म राधिकाले नै लेखेकी हुन्। फिल्म स्लिप वाकिङको विषयमा केन्द्रित छ।
Facebook Comment