‘फेयर एण्ड लभ्ली’को नाम फेरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ०:५८

काठमाडौं। श्रृंगार सामग्री उत्पादनमा ख्याती कमाएको कम्पनी युनिलिभरले गोरो बनाउने भन्दै यसअघि प्रचार गरिँदै आएको आफ्नो फेस क्रिमको विज्ञापन नीतिमा परिवर्तन गर्ने भएको छ। 

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको फेस क्रिमको नाम अर्को हप्ता परिवर्तन गर्ने घोषणा गरेको छ। रंगभेदी जस्तो सुनिने भन्दै युनिलिभरले आगामी दिनमा आफ्ना उत्पादनमा गोरोपना र गोरो जस्तो शब्दको प्रयोग नगर्ने नीति अपनाउने भएको छ।

विशेषगरी छालाको हेरचाह गर्ने खालका उत्पादनमा कुनै एक रंग विशेषलाई महत्व नदिने कम्पनीले रणनीति बनाएको छ। सुन्दरताको विषयमा मानिसको धारणा बदलिँदै गएको कारण कम्पनीले यस्तो नीति लिएको बताइएको छ। 

‘हामी आफ्ना स्किन केयर ब्राण्डको विश्वव्यापीकरणमा अत्यन्तै सचेत छौं। हाम्रा उत्पादनहरुले सबै रंग तथा सबै प्रकारका छालाको हेरचाह गर्छ। ‘फेयर, ह्वाइट तथा लाइट’ जस्ता शब्दले सुन्दरताको एक पक्षीय नजरलाई मात्र प्रतिनिधित्व गर्छन। तर, यसले सम्पूर्ण रूपमा सुन्दरतालाई प्रतिनिधित्व गर्दैनन्’, युनिलिभरका ब्युटी तथा पर्सनल केयर विभागका प्रमुख सन्नी जैनलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित : २०७७ असार १२ गते ०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI