विश्वभर ९९ लाख ३ हजारमा कोरोना संक्रमण, ४ लाख ९६ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १३ गते ७:२३
विश्वभर ९९ लाख ३ हजारमा कोरोना संक्रमण, ४ लाख ९६ हजारको मृत्यु
corona

विश्वभर कोरोनाबाट संक्रमितको संख्या ९९ लाख ३ हजार पुगेको छ।

वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या ९९ लाख ३ हजार ७ सय ७७ पुगेको हो। मृत्यु हुनेको संख्या  ४ लाख ९६ हजार ७ सय ९६ पुगेको छ। 

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २५ लाख ५२ हजार ९ सय ५६ संक्रमित भएका छन् भने १ लाख २७ हजार ६ सय ४० को मृत्यु भएको छ।

यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १२ लाख ८० हजार ५४ संक्रमित र ५६ हजार १ सय ९ को मृत्यु भएको छ।

रुसमा ६ लाख २० हजार ७ सय ९४ संक्रमित र ८ हजार ७ सय ७० को मृत्यु भएको छ भने भारतमा ५ लाख ९ हजार ४ सय ४६ संक्रमित र १५ हजार ६ सय ८९ को मृत्यु भएको छ।

बेलायतमा ३ लाख ०९ हजार ३ सय ६० संक्रमित र ४३ हजार ४ सय १४ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म ५३ हजार ५७ हजार १ सय ५४ जना निको भैसकेका छन्। 

प्रकाशित : २०७७ असार १३ गते ७:२३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI