गैँडाकोट नगरपालिका नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला फोडियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १४:४५

प्रकाश भण्डारी, गैँडाकोट

गैँडाकोट नगरपालिका नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलको कार्यकक्षमा लगाइएको ताला आज फोडिएको छ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति गैंडाकोटको पहलमा नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला आज दिउसो फोडिएको हो।

नगरपालिकामा असार मसान्तसँगै कामको चाप बढिरहेको र दिनानुदिन सेवाग्राहीले दु:ख भोगिरहनुपरेको हुँदा ताला फोड्न बाध्य भएको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष ललितबहादुर गुरूङले बताउनुभयो।

सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार १६ गते गैँडाकोट नगरकार्यपालिकाको नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्ष, उपप्रमुख विष्णु कुमारी कडेँल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए।

गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला असार १८ गते खोलिएको थियो।

सम्बन्धित समाचार

प्रकाशित : २०७७ असार २१ गते १४:४५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI