टुटल र पठाओ संचालन अवैधानिक- महालेखापरीक्षक

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते ८:४३

इनोभेटिभ बिजनेश भन्दै अवैध रुपमा सञ्चालनमा रहेका टुटल/पठाओको सेवामाथि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औं प्रतिवेदनमा यातायात व्यवस्था विभागमा पञ्जिकृत भई सञ्चालन गर्नुपर्ने यस्ता सेवा पञ्जिकृत नभएको उल्लेख छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ।

‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जिकृत नगरी सञ्चालन भएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस्ता सवारीसाधन पञ्जिकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्दछ।

यातायात व्यवस्था विभागले पटक पटक सूचना जारी गर्दै एप्लिकेशन मार्फत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकल चलाउन रोक लगाउन खोजेको थियो। तर प्रधामन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा टुटल पठाओ चल्दै आएका छन्।

प्रकाशित : २०७७ साउन १ गते ८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI