शोक, रोग र भोकमा काँग्रेस सधैँ तत्पर छ : नेता गिरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १२ गते १९:३७

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शोक, रोक र भोकमा नेपाली कांग्रेस सधैँ तत्पर रहने बताएका छन् । घोराही उपमहानगरपालिका सौंडियारका स्वर्गीय यमबहादुर चौधरीको घरमा आयोजित शोकसभामा कांग्रेस केन्द्रीय सदस्य गिरीले यस्तो बताएका हुन् ।क्यान्सर रोगबाट पीडित चौधरीको अल्पायुमै निधन भएकोमा शोक व्यक्त गर्दै केन्द्रीय सदस्य गिरीले मृतकका परिवारलाई रोजगारीको वातावरण सिर्जना गरिदिने समेत नेपाली कांग्रेसले जिम्मा लिने अभिव्यक्ति दिए । मृतक चौधरीका एक मात्र छोरा एसईई पास गरेर पनि थप अध्ययनको बाटो नपाएको अवस्थामा अब नेपाली काँग्रेसले उनको पढाईको जिम्मा लिनुपर्ने गिरीको भनाइ छ । 

‘युवाहरु मात्र होइन, महिला दिदीबहिनीहरुलाई पनि सीप सिकाई स्वरोजगार बन्न र राजनीतिक नेतृत्वमा आउन आग्रह गर्दछु,’नेता गिरीले भने । साथै उनले आफूलाई विकासप्रेमी नेताका रुपमा प्रस्तुत गर्दै विकास निर्माणमा आफूले यो पार्टी र ऊ पार्टी नभन्ने पनि स्पष्ट पारे ।

‘हामी विकास निर्माणको समानुपातिक वितरण होस् भन्नेमा छौँ, त्यसमा पनि पिछडिएका वर्गको उत्थानमा हाम्रो पहिलो प्राथमिकता हुनेछ,’ नेता गिरीले दावी गरे ।

प्रकाशित : २०७७ साउन १२ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI