वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते १९:१७
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं – वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्।

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए ।

उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’

सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन्।

प्रकाशित : २०७७ भदौ १५ गते १९:१७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI