टीकटकमा भाइरल भएकी समाइरा थापा भारतीय मिडियामा पनि

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १२:२०
टीकटकमा भाइरल भएकी समाइरा थापा भारतीय मिडियामा पनि

काठमाडौं। टीकटीकमा अभिनय गर्दै गरेकी भेटिने सुन्दर रातो र सेतो ड्रेसमा सजिएकी क्युट सानी नानी पछिल्लो समय नेपालमा मात्र नभई छिमेकी देशको मिडियामा समेत भाइरल भएकी छन् ।

समाइरा थापा नाम गरेकी यी नानीको टिकटकमा राखेका छोटा भिडियोहरु विभिन्न समाजिक सञ्जालमा भाइरल हुँदै गएका छन् । नेपाली गीत गाउँदै र नाच्दै भिडियो सेयर गरिरहेकी नानी रमाइलो भिडियोहरु सामाजिक संजालमा भाइरल भएका हुन् ।

नानीले प्रत्येक गीतमा ओठ ठ्याक्कै मिलाएको पाइन्छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै उनले हजारौं प्रतिकृया र लाखौं भ्युज पाएकी छन् । धेरै प्रतिकृयाहरु उनले ठ्याक्कै मिलाएर गर्न सकेको लिप्सिंगका लागि देखिएको छ ।

सामाजिक संजालको ट्रेण्डिङ भएका बिषयको रुपमा नयाँ दिल्लीबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसले समेत २ बर्षिया थापाको समाचार प्रकाशित गरेको छ । सो समाचारलाई काठमाडौंस्थित भारतीय दुतावासले सेयर गरको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते १२:२०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI