कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ७२ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २३ गते ८:४७

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७२ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ७२ लाख ५४ हजार ७ सय १६ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६३ लाख ४ सय ३१ पुगेको छ। त्यस्तै भारतमा ४२ लाख ४ हजार ६ सय ३१, ब्राजिलमा ४१ लाख ४७ हजार ७ सय ९४ र रुसमा १० लाख २७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ९१ हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख ९१ हजार २ सय ४० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ८९ हजार २ सय ७,  ब्राजिलमा १ लाख २६ हजार ९ सय ६०,  मेक्सीकोमा  ६७ हजार ६ सय ४३, बेलायतमा ४१ हजार ६ सय ४३, इटालीमा ३५ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ८२ लाख ४१ हजार ७ सय ८९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३५ लाख ४९ हजार २ सय १, अमेरिकामा २३ लाख ३३ हजार ५ सय ५१, रुसमा ८ लाख ४० हजार ९ सय ९७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४७ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३० हजार  ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने ३ सय  जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ४२ पुगेको छ। भारतमा हालसम्म ३२ लाख ५० हजार  ४ सय २९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ९ सय ३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८६ हजार १६  जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २७ हजार ३ सय ५९ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ५ सय १६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख २४ हजार ५ सय ७३ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ४ सय ९४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ५ सय ५७ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ६ सय ६७ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार ५२ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय २३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय २६ रहेको छ।

भुटानमा संक्रमितको संख्या २३० पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५१ छ।

प्रकाशित : २०७७ भदौ २३ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI