नेपालमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,०५,६८४

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २४ गते १८:०९
नेपालमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,०५,६८४
corona

पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५००८ जनालाई संक्रमण देखिएको जानकारी दिए।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७४ हजार  २ सय ५२  जना संक्रमित  उपचारपछि निको भएका छन्।

प्रकाशित : २०७७ असोज २४ गते १८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI