कावासोतीका किसान आलु खेतीमा आकर्षित

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १४:०३
कावासोतीका किसान आलु खेतीमा आकर्षित

सालिकराम काेइराला/नवलपुर

कावासाेतीका किसान आलु खेतीमा आकर्षित भएका छन् । एकताका केरा खेतीमा प्रसिद्धी कमाएका यहाँका किसानले हाल फरक उत्पादनमा रूचि देखाएका हुन् ।

कावासाेती-६ विष्णुनगरका पचास जना किसानहरू कृषक समूह निर्माण गरि आलु खेतीकाे अभियानमा लागेकाे खुमकान्त गाैडेलले बताए । उनका अनुसार विष्णुनगर जनजागृति कृषक समूहले यस बर्षदेखि अालुखेती शुरूवात गरेकाे हाे ।

जनकदेव,खुमल राताे, कार्डिनल र एम एस जातका २७ क्विन्टल अालुकाे बीउबाट तीन बिगाहा क्षेत्रफलमा अालुखेती शुरूवात गरिएकाे छ । आलुखेती प्रबर्धन विशेष कार्यक्रम गण्डकी प्रदेश अन्तरगतकाे कृषि ज्ञान केन्द्र तनहुँले किसानलाई अार्थिक र प्राविधिक सहयाेग गरेकाे छ ।

कावासाेतीमा आलु उत्पादनकाे एकिन तथ्यांक आफुहरूसंग नभएकाे विकास पाैडेलले बताए । उनि कावासाेती नगरपालिकाकाे कृषि शाखाका सम्पर्क ब्यक्ति हुन्। यहाँका किसानले यता कतैपनि अालुकाे बीउ नपाएपछि स्याङ्जाकाे जिमुवाबाट बीउ खरिद गरेर ल्याएका थिए ।

समूहकि उपाध्यक्ष विनिता डुम्रेका अनुसार कृषि ज्ञान केन्द्र तनहुँकाे २ लाख ८० हजार ८ सय पचहत्तर र आफ्नै समूहकाे ९३ हजार ६ सय पच्चीस गरि हालसम्म ३ लाख ७४ हजार पाँचसय रूपैयाँ अालुखेतीमा खर्च गरिएकाे छ ।

सामुहिक आलुखेतीका निम्ति विष्णुनगरका किसानले अभियाननै संचालन गरेका छन् । बजारकाे खासै समस्या नभएकाे र स्थानीय पालिकाकाे अन्य वडाहरूमा समेत ठूलाे परिमाणमा उत्पादन नभएका कारण किसानहरू आलु खेतीमा हाैसिएका हुन् ।

तीन बिगाहा क्षेत्रफलमा आलु उत्पादन गर्दा एक सिजनमा खर्च कटाएर १० लाख रूपैयाँ आम्दानी हुने किसानहरूकाे भनाई रहेकाे छ । उत्पादनमा के महिला,के पुरूष सबैकाे समान सहभागीता जुटेकाे छ। प्रतिकठ्ठा एक हजार रूपैयाँमा जमिन भाडामा लिएर आलुखेती शुरूवात गरिएकाे हाे ।

प्रकाशित : २०७७ पुष ६ गते १४:०३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI