भाइरसको भूमिकाले वास्तविक जिवनमै दुवै हातले लेख्न सक्ने भए बमन इरानी !

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते २१:४९
भाइरसको भूमिकाले वास्तविक जिवनमै दुवै हातले लेख्न सक्ने भए बमन इरानी !

बलिउड अभिनेता बमन इरानीले आफ्नो करिअरमा कैयौं फिल्ममा काम गरेका छन् । दर्शकबीच सँधै उनको अभिनयको प्रशंसा हुने गर्छ । कैयौं फिल्ममा काम गरे पनि उनलाई अहिले पनि भाइरसको भूमिकामा गरिएको अभिनय सबैभन्दा दर्शकका लागि प्रिय हो । ‘थ्री इडियट्स’ मा उनले निभाएको भाइरसको भूमिका सबैको मनमस्तिष्कमा बसेको छ ।

अहिले पनि फिल्म सबैका लागि प्रिय नै छ । जब त्यहाँ बमनले निभाएको भाइरसको भूमिका छ यसले सबैलाई आकर्षित गर्छ । तर, बमन इरानी पनि यो भूमिका निभाउन निकै मुस्किल रहेको स्वीकार गर्छन् ।  ‘थ्री इडियट्स’ मा बमनले विरु सहस्त्रबुद्धिको भूमिका निभाएका थिए । जो एक कलेजका निर्देशक हुन्छन् । फिल्ममा उनको भूमिका र व्यवहारका कारण सबै विद्यार्थी उनलाई भाइरसका नामले सम्बोधन गर्छन् ।

बमन आफ्नो भूमिकाबारे भन्छन्, ‘मलाई फिल्मको सुटिङबारे खासै जानकारी थिएन । किनकी म आफ्नो भूमिकालाई लिएर तयारीमा निकै व्यस्त थिएँ । यो मेरा लागि निकै मुस्किल पनि थियो ।’

यसकारण आफू सँधै चिन्तामा रहने गरेको उनको भनाइ छ । ‘फिल्ममा मेरो भूमिका निकै खडुस थियो । वास्तविक जिन्दगीमा त म यसरी रहन सक्दैन । भाइरसको क्यारेक्टर यस्तो थियो कि म आफैं पनि वास्तविक जिन्दगीमा भेट्न चाहन्न’, उनले भने ।

यहाँसम्म कि यस पात्रको भूमिकाका लागि आफूले दुवै हातले लेख्न पनि सिकेको बमनले बताएका छन् । ‘फिल्मबाट मलाई एउटा कुरा भने वास्तविक जिन्दगीमा पनि फाइदा भएको । त्यस भूमिकाका लागि मैले दुवै हातले लेख्न सिकेको अहिलेसम्म पनि याद छ । अहिले पनि प्रयास गर्दा दुवै हातले लेख्न सक्छु’, बमनले भने ।

आमिर खानको फिल्म ‘थ्री इडियट्स’ २००९ मा रिलिज भएको थियो । विश्वभरका दर्शकले यो फिल्मलाई निकै मन पराएका थिए । फिल्मले जम्मा ६ अर्व ३२ करोड रुपैयाँको कमाइ गरेको थियो । त्यसताका कमाइको मामलामा यो फिल्मले सबैको रेकर्ड तोडेको थियो ।

प्रकाशित : २०७७ पुष १५ गते २१:४९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI