सरकारलाई प्रचण्डको आग्रह : विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २३ गते १२:०२
सरकारलाई प्रचण्डको आग्रह : विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ

नेकपा प्रचण्ड माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।

हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको उनले बताए ।

प्रचण्डले अघि भने, ‘इमान्दारितापूवर्क वार्तामा ल्याउन चोहेका भए प्रतिबन्ध हठाउनुपर्छ । र, उहाँहरु आउने हो भने हाम्रो समर्थन रहन्छ ।’

प्रकाशित : २०७७ माघ २३ गते १२:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI