होलीमा प्रहरी कार्वाहीबाट ७४ हजार राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १७ गते १४:४०
होलीमा प्रहरी कार्वाहीबाट ७४ हजार राजस्व संकलन

कावासोती । होलीको दिनमा गरिएको प्रहरी कार्वाहीबाट पुर्वी ७४ हजार राजस्व संकलन भएको छ ।

जिल्लाको मुख्य राजमार्ग एंव भित्री सडक खण्डहरुमा मापसे गरि सवारी साधन चलाउने, हेल्मेट नलगाई मोटसाईकल चलाउने, क्षमता भन्दा बढि(तिन) जना बसी मो.सा चलाउने, ओभर स्पिड चलाउने, स्वरुप परिवर्तन गरेका मोटसाईकल, स्कुटर, हाइस गरि जम्मा २०७ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

नियन्त्रणमा लिईएका सवारी साधन मध्ये ९८ वटा सवारी साधनलाई कारवाही गरिदा ७४ हजार रुपैंया राजश्व संकलन हुन आएको र बाकीं १ सय ९ वटा सवारी साधनहरु कारवाहीको प्रक्रियामा रहेको र कानुन बमोजिम निजहरुले गरेको गल्तिको आधारमा ट्राफिक जरिवाना गरी सवारी धनिहरुलाई सवारी जिम्मा दिने कार्य भई रहेको गिरीले बताए ।

प्रकाशित : २०७७ चैत १७ गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI