दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबलाई

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३ गते ७:३९
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबलाई

राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ को उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा. वि. को खेलमैदान फारममा बिहिबार भानु युथ एकेडेमीका विरुद्ध गैंडाकोट फुटबल क्लबबिच भएको फाइनलको खेलमा निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा गैंडाकोट फुटबल क्लब ३-१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयको खेलमा भानु युथ एकेडेमीका तर्फबाट शिव बोटेले गोल गरेका थिए भने गैंडाकोट फुटबल क्लबका तर्फबाट कौशिल गुरुङले गोल गरेका थिए। फाइनल खेलमा गैंडाकोट फुटबल क्लबका आश गुरुङ म्यान अफ दि म्याच भएका थिए।
प्रतियोगिताको बिजेता गैंडाकोट फुटबल क्लबले नगद रु १ लाख ५० हजार , मेडल र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता भानु युथ एकेडेमीले नगद रु ७५ हजार , मेडल र ट्रफीमा प्राप्त गरेको छ । सेमिफाइनलमा पुग्ने केउरानी युवा क्लब र अभिषेक चर्च रजहरले नगद रु २० हजार प्राप्त गरेका छन । त्यस्तै बरटाँडी युवा क्लबका रोशन क्षेत्री सर्वाधिक गोलकर्ता, भानु युथ एकेडेमीका सन्जिव मोक्तान सर्वोकृष्ट खेलाडी र गैंडाकोट फुटबल क्लबका विधान बोहरा सर्वोकृष्ट गोलरक्षक भएका थिए । चैत १७ गतेबाट संचालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता , उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो ।प्रतियोगिता समापन कार्यक्रममा देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारीको अध्यक्षता ,देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता ,देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वती तिवारी , देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , देवचुली नगरपालिका जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ वैशाख ३ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI