बुलिङ्गटारमा जीप दुर्घटना : एक जनाको ज्यान गयो , तीन जना गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १० गते १३:२४
बुलिङ्गटारमा जीप दुर्घटना : एक जनाको ज्यान गयो , तीन जना गम्भीर घाईते

कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाको वडा नं ६ को बर भञ्ज्याङमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नं को जिप दुर्घटना हुँदा जिपमा सवार पाल्पा रामपुर घर भएका अजय बिकको मृत्यु भएको हो । दुर्घटनामा ३ जना गम्भीर घाईते भएका बुलिङ्गटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहन थापाले बताए । घाईतेहरुको विवरण खुलिनसकेको थापाले बताए ।

दुर्घटनामा गम्भीर घाईते भएका तीन जनालाई थप उपचारको लागि कावासोती तर्फ पठाईएको स्थानीय रामचन्द्र रानाभाटले बताए । १६ जना यात्रु बोक्ने क्षमता भएको जिपले क्षमता भन्दा धेरै यात्रु बोकेर हिडेको हुँदा दुर्घटना भएको स्थानीयले बताएका छन ।

दुर्घटनामा घाईते अन्यको सामान्य उपचार बुलिङ्गटारमै भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख १० गते १३:२४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI